Logo
५ आश्विन २०८१, शनिबार
(January 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारीका बचतकर्ताहरूको रकम हिनामिना गरेका पूर्वसांसद तामाङ दम्पती दोषी ठहर

सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुछिएका संविधानसभा सदस्य तथा पूर्वसांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो ।

सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप ४ जना पनि दोषी ठहर भएको विशेष अदालतका उपरजिस्टार धनबहादुर कार्कीले जानकारी दिए ।

यो मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ गते इजलास तोकिएको छ । उनीहरुविरुद्ध बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।

प्रकाशित मिति: Jan 21, 2024

प्रतिक्रिया दिनुहोस्