Logo
१४ मंसिर २०८१, शुक्रबार
(January 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्तमान सत्ता गठबन्धन कसैले चाहेर पनि विघटन गर्न नसक्ने अवस्था छ : नेता पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन्।

वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई मुलुकको आवश्यकताअनुसार बनेको उनको भनाइ थियो।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच एक अन्तरक्रियामा उनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे।

‘संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो, विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबिच सहकार्यको विकल्प छैन।’ उपमहासचिव पुनले भने।

पुनले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयमा मात्र सङ्घीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: Jan 21, 2024

प्रतिक्रिया दिनुहोस्