Logo
३ आश्विन २०८१, बिहीबार
(January 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा निर्वाचनमा कृष्णप्रसाद सिटौलाले गरे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

माघ ११ गते हुने चुनावका लागि सिटौलाले सोमबार विराटनगरमा पुगेर निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन्।

यो पनि कांग्रेसले छान्यो राष्ट्रिय सभाका १० उम्मेदवार

सिटौला सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्।

उम्मेदवारी दर्तापछि पत्रकारहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने हो भन्ने प्रश्न गरेका थिए।

‘संसदमा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा काम गर्ने र साझा दृष्टिकोण लिएर संसद अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो।

उनले भने, मलाई पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर मलाई उम्मेदवार बनाएको छ’ ।

उनले आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको बताए।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्ष बनाउन बचन दिएको हो भन्ने प्रश्नमा सिटौलाले यसबारे अहिले चर्चा गर्न उचित नहुने बताए।

‘सिटौलाले भने, निर्वाचन परिणाम आएर राष्ट्रिय सभामा पुगेपछि यी प्रश्नको स्वभाविक रूपमा जवाफ आउँछ’ ।

उम्मेदवार चयनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेकोबारे सोधिएको प्रश्नमा आफू सबैसँग बिदा मागेर आइतबार साँझ नै विराटनगर हिँडेको र सबै कुरा बुझ्न नपाएको प्रतिक्रिया दिए।

‘जहाज नउडेर म गाडीमै आएको हुँ, बिहान विराटनगर आइपुगेको हुँ,’ उनले भने, ‘पार्टीभित्र के के भयो बुझ्न पाएको छैन।’ उनले सत्ता गठबन्धन र पार्टी एक भएर चुनावमा होमिने पनि बताए।

यो पनि प्रतिनिधि सभामा दुई पटक असफलता भोगेपछि राष्ट्रिय सभातिर लम्केका सिटौला

प्रकाशित मिति: Jan 8, 2024

प्रतिक्रिया दिनुहोस्