Logo
३ आश्विन २०८१, बिहीबार
(January 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा उम्मेदवार छान्न (नेकपा) एमालेको सचिवालय बैठक सुरु

ललितपुरको च्यासलमा (नेकपा) एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यसअघि एमालेले सबै प्रदेशलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेको थियो । केन्द्रको निर्देशनअनुसार प्रदेशले सिफारिस गरेर पठाएका नामहरुबारे छलफल गरेर एमालेले उम्मेदवार बनाउने जनाएको छ ।

एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेगरी छलफल गरिरहेको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये फागुन २० मा २० जनाको पदावधि सकिनेभएपछि निर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति: Jan 5, 2024

प्रतिक्रिया दिनुहोस्