Logo
३ आश्विन २०८१, बिहीबार
(January 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल भ्रमण सकेर जयशंकर स्वदेश फर्किए

नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश मन्त्री एस जयशंकर फर्किएका छन्।

परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सा ललगायतले विदेश मन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन्।

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन जयशंकर नेपाल आएका थिए।

काठमाडौंमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

उनी बिहीबार बिहान काठमाडौं आएका थिए।

प्रकाशित मिति: Jan 5, 2024

प्रतिक्रिया दिनुहोस्