Logo
३ आश्विन २०८१, बिहीबार
(December 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ : बहस सकिए आजै फैसला आउन सक्ने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दामा आजपनि सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा तेस्रो दिनको सुनुवाइ हुन लागेको हो ।

आइतबार र बुधबार जाहेरीवाला गौशला २६ को तर्फबाट बहस भएकोमा आज प्रतिवादी सन्दीपका वकिलले बहस गर्नेछन् । आजै बहस सकिएको खण्डमा फैसला आउन सक्नेछ।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिएपनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाइसकेपछि आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

प्रकाशित मिति: Dec 28, 2023

प्रतिक्रिया दिनुहोस्