Logo
१४ मंसिर २०८१, शुक्रबार
(December 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतबाट सफाइ पाएका एमाले सांसद कोइरीको निलम्बन फुकुवा

एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। २०८० वैशाख ११ गते निलम्बनमा परेका कोइरीको आइतबार निलम्बन फुकुवा भएको संघीय संसद सचिवालयले जनाएको छ।

निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए। सफाइ पाएपछि निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए।

०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि कोइरी फरार भएका थिए।

कोइरी २०७९ मंसिर ४ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: Dec 25, 2023

प्रतिक्रिया दिनुहोस्