Logo
३ आश्विन २०८१, बिहीबार
(December 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपेक्षाअनुसार परिणाम नआएपनि उकालो यात्रा प्रारम्भ भयो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि उकालो यात्रा प्रारम्भ भएको बताएका छन् ।

आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन पनि सफल भएको उनको भनाइ छ ।

आइतवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताए ।

‘गएका निर्वाचनहरुमा फेरि पनि भन्छु–अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि राप्रपाले उकालो यात्रा प्रारम्भ ग¥यो । अव राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रुपमा स्थापित गर्न सफल भयौं’, उनले भने ।

प्रकाशित मिति: Dec 17, 2023

प्रतिक्रिया दिनुहोस्