Logo
३ आश्विन २०८१, बिहीबार
(December 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमतिका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गरौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।

उनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए ।

‘हाम्रो केन्द्रीय कार्यसमितिको बैठकले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको छ । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको छ भन्ने राप्रपा नेपालको निष्कर्ष रहेको छ’ अध्यक्ष थापाले भने, ‘यो व्यवस्था असफल भएको कारणले गर्दा यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्छ भन्ने राप्रपा नेपाल केन्द्रीय कार्य समितिको ठहर छ । राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गर्न राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ ।’

उनले सहमति र सहकार्य गरेर यहि संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए ।

सफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा वृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति: Dec 11, 2023

प्रतिक्रिया दिनुहोस्