Logo
३ आश्विन २०८१, बिहीबार
(December 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको मूल्य पनि प्रति तोला १५ रुपैयाँले घटेको छ ।

महासंघले सोमबार सुनको मूल्य प्रति तोला १ लाख १७ हजार रुपैयाँ निर्धारण गरेको छ। आइतबार प्रति तोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार ४१० रुपैयाँ कायम गरिएको छ। चाँदी आइतबार प्रति तोला १ हजार ४२५ रुपैयाँका दरले किनबेच भएको थियो।

मंसीर १८ गते नेपाली इतिहासमै महँगो बनेको सुनको मूल्य त्यसयता घटिरहेको छ । त्यो दिन सुनको मूल्य प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १९९६.९२ डलर र चाँदी प्रति औंस २२.९५ डलरमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रति औंस २००४.५५ डलर र चाँदीको मूल्य प्रति औंस २३ डलर थियो ।

प्रकाशित मिति: Dec 11, 2023

प्रतिक्रिया दिनुहोस्