Logo
४ आश्विन २०८१, शुक्रबार
(December 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपिन जोशीको रिहाइको पहल गरिदिन कतार सरकारसँग परराष्ट्रमन्त्री साउदको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह गरेका छन्।

नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेकोले रिहाइका लागि सरकारले पटक–पटक आग्रह गर्दै आएको छ।

परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग कुराकानी गर्दै मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

राजदूत अन्सारीले इसराइल र हमासबीच फेरि सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागि प्रयास भइरहेको उनले बताए।

मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

प्रकाशित मिति: Dec 5, 2023

प्रतिक्रिया दिनुहोस्