एउटै शौचालयका लागि छुट्याएको पाँच करोड बजेट कटौती गर्छौं : मन्त्री उप्रेती
एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ ।
इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशकमा पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताए ।
आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका उप्रतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताए ।
मन्त्री उप्रेतीले शौचालय निर्माण शीर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख मात्र सोही प्रयोजनमा खर्च गर्ने बताए । बाँकी रकम इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने तयारी भएको जानकारी दिए ।