Logo
४ आश्विन २०८१, शुक्रबार
(November 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको समृद्धि र जनताको खुसीका निम्ति एमालेको हातमा मुलुकको बागडोर आउनुपर्छ : उपाध्यक्ष पौडेल

मध्य पहाडी लोक मार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई प्रभावकारी बनाइ जनतासँग जोडिने अभियानमा एमाले लागेको छ ।

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भन्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरू लागिपरेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रीय कमिटी, पोलिटब्युरोका सदस्यहरूका साथै जनसङ्गठनका नेता÷कार्यकर्ताहरू रहनेछन् ।

यस यात्रालाई नेकपा एमालेले सङ्कल्पको यात्राका रूपमा लिएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए । उनले नेकपा एमाले बाहेकका राजनीतिक दलहरूले मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डो¥याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैनन् भन्ने कुरा स्पष्ट भइसकेको बताए ।

मुलुकको समृद्धि र जनताको खुसीका निम्ति नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्ने उनको भनाइ छ । उपाध्यक्ष पौडेलले नेकपा एमालेको नेतृत्वमा मध्य पहाडी लोक मार्गमा सुरु भएका विकासका कामहरू सरकार परिवर्तन भएसँगै अलपत्र परेकाले ती विकासका आयोजनाहरू पनि प्रभावकारी रूपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए ।

उनले पुष्पलाल राजमार्ग (लोकमार्ग) को परिकल्पनाकार नेकपा एमाले भएकाले यस क्षेत्रमा पूर्वाधारको निर्माणसँगै हुने विकास क्रममा महत्त्वपूर्ण योगदान पुग्ने गरी अभियान सञ्चालन गर्न लागेको बताए ।

उनले नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्ने र मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्न सक्छ भन्ने सन्देश एमालेले यस अभियानअन्तर्गन दिन खोजेको बताए ।

स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी एमालेले अभियान अघि बढाउने उनले बताए । पौडेलका अनुसार मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाइसराइ, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसाबले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्नेछ ।

उपाध्यक्ष पौडेलले यो अभियान मिसन २०८४ को एउटा अभियानका रूपमा रहेको बताए । ०८४ को निर्वाचन नतिजालाई अनुकूल बनाउनका लागि अभियानले सहयोग पुग्ने उनको भनाइ छ ।

उनले माले जनतासँग जोडिने, जनताका समस्या सुन्ने बुझ्ने, विकासका आवश्यकता,चाहनाहरूलाई ठिक ढङ्गले सुदृढ गर्ने र देशको विकासको जनताका समस्या समाधानको नायक नेकपा एमाले हो भन्ने कुरालाई अझ उचाइबाट स्थापित गर्ने उद्देश्य अभियानको रहेको बताए ।

उपाध्यक्ष पौडेलले एमालेका नेतृत्व तह जहाँ भए पनि राष्ट्रिय राजनीतिको मामिलामा बेखबर नहुने बताए । उनले राजधानीमा एमाले हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा एमालेको दखललाई प्रभावित गर्न नसक्ने बताए । उपाध्यक्ष पौडेलले देश र जनताको समृद्धि नै यात्राको मुख्य उद्देश्य भएको बताए ।

प्रकाशित मिति: Nov 29, 2023

प्रतिक्रिया दिनुहोस्