Logo
४ आश्विन २०८१, शुक्रबार
(November 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयात निर्यातसँगै घट्यो ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो चार महिनामा आयात निर्यातसँगै व्यापारा घाटा पनि घटेको छ । साउन देखि कार्तिकसम्मको आयात निर्यातमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३.३४ प्रतिशतले व्यापार घाटा घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा आयात निर्यातमा कमि आएसँगै व्यापार घाटा घट्न पुगेको हो । यो चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।७९ प्रतिशतले कम हो । गत वर्षको कात्तिकसम्म ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजारको आयात भएको थियो ।

आर्थिक वर्षको सोही अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । निर्यात पनि गत वर्षको सोही अवधिको तुलनामा ७.६८ प्रतिशतले कम हो । गत वर्षको पहिलो चार महिनामा ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यसरी यो ४ महिनामा नेपालले १४५ देशसँग कारोबार गर्दा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ ब्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा नेपालको ब्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड थियो ।

प्रकाशित मिति: Nov 23, 2023

प्रतिक्रिया दिनुहोस्