Logo
४ आश्विन २०८१, शुक्रबार
(November 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैन : अर्थमन्त्री डा. महत

ऋण लिएर तिर्दिन भन्नेको सुनुवाई नगर्ने अर्थमन्त्री डा. प्रशाश शरण महतले बताए। अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा. महतले यस्तो बताएका हुन । उनले भने, ‘समग्रमा दीर्घकालीन सोचका साथ जलविद्युत, कृषि, पर्यटन, आईटी, साना उद्योग व्यवसायको प्रवद्र्धन गर्ने क्षेत्रमा तदारुकताका साथ सरकारले काम गर्नेछ ।’

अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा छलफल गर्दै ऋण लिएर तिर्दिन भनेर मनलागि गर्नेको सुनुवाई नहुने बताए । ‘अप्ठ्यारामा परेकाहरुलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ ।’ अर्थमन्त्री डा. महतले भने, ‘ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन सक्दैन, उहाँले भन्नुभयो, ‘समस्यामा परेकाले केही समय पाउँ, केही सहज होस् भन्छ भने उसप्रति राज्यले केही सोच्ने छ ।’

अर्थमन्त्रालयको तर्फबाट मन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकको तर्फबाट गर्भनर महाप्रसाद अधिकारीले बैठकमा तथ्यांकसहित देशको वस्तुस्थितिको यथार्थ प्रस्तुत गरेका थिए। प्रस्तुत सूचांकबाट देशको अर्थतन्त्र थप गतिशील हुने अधिकांश सहभागी आशावादी बनेका थिए ।

‘हाम्रो अर्थतन्त्रमा संरचनागत समस्या छन् । अर्थतन्त्रलाई थप गतिशील बनाउन अझ धेरै काम गर्न बाँकी रहेको छ’ मन्त्री डा. महतले भने, ‘यो विषयवस्तु सरकारले पनि बैठकमा राखेको थियो, निजी क्षेत्र र राजनीतिक दलबाट प्रतिनिधित्व गरेर सहभागीले पनि राखेका थिए । त्यसको सांरश प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गर्नुभयो ।’

मन्त्री डा. महतले मन्त्रालयबाट दायित्व सिर्जना भएर आएको विषयलाई अर्थमन्त्रालयले सल्टाएको दाबी गरे। उनले निर्माण व्यवसायीले काम गरेको बिल पेस गरेपछि अर्थमन्त्रालय भुक्तानी गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको उनको भनाई छ ।

भूकम्प प्रभावित क्षेत्रमा सरकारले उदारताका साथ सहयोगी हात अघि बढाइसकेको मन्त्री डा. महतले भने, ‘मौद्रिक र वित्तीय नीति प्रभावकारी बनाउने, अप्ठ्यारामा परेकालाई सहजीकरण गरेर अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्छ ।’

प्रकाशित मिति: Nov 22, 2023

प्रतिक्रिया दिनुहोस्