Logo
४ आश्विन २०८१, शुक्रबार
(October 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्।

बास्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले चलाएको स्कार्पियोले बिहीबार राति दाङको राप्ती गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियाे।

काठमाडौँबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएकाे बा ९ च ७१९८ नम्बरको स्कार्पियोले बिहीबार राति विपरीत दिशाबाट आएको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते भएका थिए।

टाउकोमा चोट लागेर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

चौधरीकाे मृत्यु भएपछि बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

प्रकाशित मिति: Oct 20, 2023

प्रतिक्रिया दिनुहोस्