Logo
४ आश्विन २०८१, शुक्रबार
(October 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समिति सभापति दीपक सिंहद्वारा बस भाडा बढाउनेलाई कारबाही गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले काठमाडौँमा बसपार्कहरूमा छड्के अनुगमन गरेका छन् ।

दसैँमा घर जाने यात्रुहरूलाई बसको व्यवस्था तथा भाडदारको अवस्थाबारे बुझ्न उनले अनुगमन गरेका हुन् । शुक्रबार सिंहले गोगंबु बसपार्क तथा बल्खुमा रहेको टाटा सुमो बसपार्कमा पुगेर भाडादरबारे अनुगमन गरेका थिए ।

केही बस तथा टाटा सुमोले तोकिएभन्दा बढी तथा केहीले दोब्बर बढी भाडा लिएको पाइएपछि उनले भाडादर नियन्त्रण गर्न र दोब्बर हाराहारी भाडा लिने सवारी साधनलाई कारबाही गर्न निर्देशन दिएको सभापति सिंहका स्वकीय सचिव प्रकाश चौलागाँईले जानकारी दिए ।

अनुगमनका क्रममा ६५० रुपैयाँ लाग्ने भाडदारको १२ सय रुपैयाँसम्म लिएको यात्रुहरूले गुनासो गरेका थिए । सभापति सिंहले बसपार्कका टिकट काउन्टरमा पुगेर तोकिएको मूल्यमा मात्र टिकट बेच्न बस व्यवसायी प्रतिनिधिलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति: Oct 20, 2023

प्रतिक्रिया दिनुहोस्