Logo
४ आश्विन २०८१, शुक्रबार
(October 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैँ असत्यमाथि सत्यको विजयको पर्व : अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँ पर्वको सामाजिक विशेषता रहेको बताएका छन् ।

दसैँ पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ठाकुरले नवरात्राको अवधिभर भगवतीको उपासना एवं अध्यक्षत्मिक चिन्तनले सम्पूर्ण मानव जगतले नयाँ ऊर्जा प्राप्त गर्ने गरेको बताए ।

अधर्ममाथि धर्मको तथा असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँले मानवभित्र रहने असुर प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

यस्तै उनले बडादसैँले आपसी भाइचारा, सद्भाव एवं सहिष्णुताको अभिवृद्धि हुने गरेको बताए ।

प्रकाशित मिति: Oct 19, 2023

प्रतिक्रिया दिनुहोस्