Logo
४ आश्विन २०८१, शुक्रबार
(October 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले फागुन १ लाई जनयुद्ध दिवस मान्दैन : महामन्त्री थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले पपुलिजम रोगका रुपमा देखिएको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले भने, ‘अहिले विश्वमा पपुलिजको रोग छ । यो रोग विरुद्ध प्रेसका साथीहरू उभिनुपर्छ। प्रेसका समस्यामा हामी गम्भीर भएर लाग्छौँ ।’

पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने उनको भनाइ छ । सरकारै सरकारमा रहेको पार्टीका नेता कार्यकर्तालाई ८४ मा हारिन्छ भनेर किन चिन्ताभन्दै उनले प्रश्न गरे ।

चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाब गलत भएको भन्दै महासमिति बैठकले यसबारे धारण बनाउनुपर्ने महामन्त्री थापाले बताए ।

उनले जनयुद्ध दिवस कांग्रेसलाई मान्ने नहुने बताए ।’फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन । त्यो माओवादी पार्टीको कुरा हो । हामी मान्दैनौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ । मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन् । त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ ।’

प्रकाशित मिति: Oct 19, 2023

प्रतिक्रिया दिनुहोस्