Logo
४ आश्विन २०८१, शुक्रबार
(October 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक रूपमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन जरुरी रहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि नेपालमा थुप्रै काम गर्न बाँकी रहेको बताएका हुन् ।

‘नेपाली कांग्रेसले लिएको खुला नीतिअन्तर्गत आज नेपालीहरूको पहुँच संसारसामु पुगेको छ । खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले नेपाली काँग्रेस नेपालमा जन्मिएको हो’, पौडेलले भने, ‘हामीले आर्थिक पक्षमा पनि नेपाललाई सुदृढ बनाउन आवश्यक छ । ’

राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको भन्दै पौडेलले नेपाललाई आर्थिक ढङ्गबाट कसरी समृद्ध बनाउन सकिन्छ भनेर सरकार र सबै नेपाली सोच्नुपर्ने बताए ।

त्यस अवसरमा नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैर आवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने धारणा समेत राखेका थिए ।

प्रकाशित मिति: Oct 17, 2023

प्रतिक्रिया दिनुहोस्