Logo
५ आश्विन २०८१, शनिबार
(October 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा बाहेकका दलहरूमा राणा शासन कायमै छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरूमा राणा शासन कायम रहेको बताए ।

उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे ।

आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने उनले बताए । सभापति लामिछानेले इजरायलस्थित नेपाली दूतावासले गैर आवासीय नेपालीहरूले जति पनि काम गर्न नसकेको बताए ।

सभापति लामिछानेले गैर आवासीय नेपाली सङ्घको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पारे । पार्टीका नेताहरू कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उनले बताए ।

प्रकाशित मिति: Oct 12, 2023

प्रतिक्रिया दिनुहोस्