Logo
५ आश्विन २०८१, शनिबार
(October 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक शुक्रबार

कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निर्णय लिनेछ । ‘त्यसैदिनको पदाधिकारी बैठकले कोशी सरकार गठनबारे के गर्ने भन्ने निर्णय लिन्छौ’, श्रेष्ठले भने ।

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् ।

प्रकाशित मिति: Oct 11, 2023

प्रतिक्रिया दिनुहोस्