Logo
५ आश्विन २०८१, शनिबार
(October 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिकाहरुको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउन आवश्यक : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेको बताए ।

मन्त्री आचार्यले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानुनी व्यवस्था भएपनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको बताए ।

उनले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरु नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

बालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवर्द्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन उनले आग्रह गरे ।

प्रकाशित मिति: Oct 11, 2023

प्रतिक्रिया दिनुहोस्