Logo
५ आश्विन २०८१, शनिबार
(October 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वीजरल्याण्डकी नवनियुक्त राजदूत र प्रधानमन्त्रीबिच भेट

नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत मेउली बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार आजको भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको थियो । यसअघिकी राजदूत एलिजाबेथ भोन क्यापलरले आफ्नो साढे पाँच वर्षे कार्यालय समाप्त गरेर स्वदेश फर्किएपछि उनको स्थानमा मेउली नेपाल आएकी हुन् ।

प्रकाशित मिति: Oct 11, 2023

प्रतिक्रिया दिनुहोस्