Logo
५ आश्विन २०८१, शनिबार
(October 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ जिल्ला अदालतबाट सुरु भयो पारिवारिक इजलास

नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास सेवा उदघाटन गरेका हुन् । उनले प्रधानन्यायाधीशका रुपमा सिफारिस भएलगत्तै संसदीय सुनुवाइ समितिमा आफ्ना भावी कार्ययोजना प्रस्ताव गर्दै पारिवारिक इजलास स्थापनाको लक्ष्य सुनाएका थिए ।

महिला, घरेलु हिंसा र बालबालिका भएको मुद्दा हेर्न पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गर्ने कार्ययोजना उनले प्रस्तुत गरेका थिए ।

सोही अनुसार महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास गठन भएको हो ।

महिलाले अंश पाउन धेरै समय कुर्नुपर्ने, लामो समय लाग्ने भएकाले डेडिकेटेड इजलास गठन गरिएको हो । यस्तो इजलासको व्यवस्था ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पनि लागू गर्ने तयारी छ ।

प्रकाशित मिति: Oct 9, 2023

प्रतिक्रिया दिनुहोस्