Logo
५ आश्विन २०८१, शनिबार
(October 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा रहेका नेपालीहरूको उद्धारलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपालीहरुबारे आवश्यक निर्णय लिन बैठक बसिरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको जारी बैठकमा त्यहाँका रहेको नेपालीहरूको अवस्था र उनीहरूको उद्धारका विषयमा छलफल भइरहेको छ ।

संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गर्दै नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नु पर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरू गर्ने बताइएको छ ।

सरकारले आइतबार मन्त्रीको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।

प्रकाशित मिति: Oct 9, 2023

प्रतिक्रिया दिनुहोस्