Logo
५ आश्विन २०८१, शनिबार
(October 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाइने

दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको हो ।

उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालयसँगै शाखा कार्यालयसहित इजाजत प्राप्त बैंक तथा वित्तीयको सबै कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने बैंकले जनाएको छ ।

विगतका वर्षहरुमा जस्तै दसैँ तिहार र छठका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको जनाएको बैंकले प्रतिव्यक्ति १८ हजार ५० रुपैयाँसम्म सटही सुविधा उपलब्ध हुने जनाएको छ ।

बैंकका अनुसार रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक एक बन्डल उपलब्ध हुनेछ । यस्तो नोट सटहीका लागि उपत्यका बाहिर राष्ट्र बैंकको शाखा तथा क्षेत्रीय कायालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाहरुले तोकेको केन्द्रहरुमार्फत सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति: Oct 8, 2023

प्रतिक्रिया दिनुहोस्