Logo
५ आश्विन २०८१, शनिबार
(October 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा १२ नेपाली सम्पर्कबिहीन, केही हताहत भएको हुनसक्ने आशंका छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले शनिबार इजरायलमा बिद्रोही समूह हमासले प्यालेस्टाइन क्षेत्रमा गरेको आक्रमणबारे संसद्लाई जानकारी गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोृल्दै मन्त्री साउदले उक्र घटनाबारे जानकारी गराएका हुन् । मन्त्री साउदका अनुसार उक्र आक्रमण नेपाली समयअनुसार शनिबार बिहान ६ बजेर ३० मिनेटमा सुरु भएको थियो ।

उक्त आक्रमणबाट हालसम्ममा सयौंको संख्यमा इजरायली नागरिकको मृत्यु भएको छ । कयौंलाई बन्धक बनाइएको आशंका गरिएको उनले जानकरी दिए ।

प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने मन्त्री साउदले बताएका छन् । साउदले संसदलाई दिएको जानकारीअनुसार १२ जना नेपाली विद्यार्थी सम्पर्कमा छैनन् ।

उनले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरू मध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’

मन्त्री साउदका अनुसार हाल इजरायलमा ४५०० जना केयर गिभरका रुपमा कार्यरत नेपाली कामदार रहेका छन् भने, २५० जना विद्यार्थीहरु रहेका छन् ।

उनका अनुसार उक्त विद्यार्थीहरु त्रिविका सार्थ नेपाल कृषि विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका हुन् ।

इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय भइरहेको बताए ।

प्रकाशित मिति: Oct 8, 2023

प्रतिक्रिया दिनुहोस्