Logo
५ आश्विन २०८१, शनिबार
(October 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्रव्य शाहको तरिकाका षडयन्त्रहरु सफल हुँदैनन् : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको बताएका छन् ।

काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरुले एमालेमाथि षड्यन्त्र गरिरहेपनि ती षडयन्त्रलाई असफल पार्ने दाबी गरे ।

‘आजका हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ । द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुँदैनन्’, ओलीले भने, ‘आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले कार्यकर्ताहरुलाई पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिए । उनले भने, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न हाम्रा साथीहरु पनि तयार हुनुपर्छ । त्यसका लागि कार्यक्षमताको अभिवृद्धि र सक्रियता बढाउनुस् ।’

उनले भने, ‘हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन् । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका नदिओस् ’ओलीले भने, ‘अहिलेसम्म लडँेभिडेँ भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।’ उनले चुनावमा सबैले नजित्ने भन्दै पार्टीमा सहमति गर्दा उपयुक्त हुने बताए ।

ओलीले नेतृत्वले कार्यकर्ताको कामको मुल्यांकन गरिरहेको भन्दै नेतृत्वको मुल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने बताए ।

‘नेतृत्वको मुल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन’, सहमतिलाई जोड दिँदै ओलीले भने, ‘कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढेजस्तो देखिने । हारेकामा निराश, खिन्नजस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनुहुन्छ र ?’ ओलीले प्रश्न गरे ।

प्रकाशित मिति: Oct 6, 2023

प्रतिक्रिया दिनुहोस्