Logo
५ आश्विन २०८१, शनिबार
(October 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन महिनाभित्र महानगरका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गर्छौं : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी छन् ।

शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले सिसि टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको बताइन् । उनले धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर अघि बढाइसकेको पनि बताइन् ।

उपप्रमुख डंगोलले सो टेण्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने बताए । विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिँदा पैदल यात्रीलाई असहज भएको भन्दै त्यसबारेमा सोच्न आग्रह गरिन् ।

‘महानगरपालिकाले सिसि टिभीका लागि नेपाल प्रहरीसँग एमओयु गरिसकेको छ । र एनइएसँग पनि रोड सेफ्टी सम्बन्धी जोडिने अर्को महत्वपूर्ण पाटो भनेको रोड लाइट्स हो । स्ट्रिक लाइटहरु हुन् । त्यसका लागि पनि हामीले एनइएसँग एमओयु गरिसकेका छौँ’, उनको भनाइ छ, ‘३ महिनाभित्र मुख्य सडकहरुमा सिसि टिभी कम्प्लिट रुपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ ।

उपप्रमुख डंगोलले सवारी साधनको रुटमा विशेष पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

प्रकाशित मिति: Oct 6, 2023

प्रतिक्रिया दिनुहोस्