Logo
५ आश्विन २०८१, शनिबार
(October 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको १४ लाख १८ हजार ३६६ इकाई ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेमा १० वर्ष अवधि भएको ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८९’ सूचीकरण भएको हो । बैंकले गत साउन १८ गतेदेखि साउन ३१ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो ।

जसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो । सबै युनिट बिक्री नभए पछि १४ लाख इकाई मात्र सूचीकृत भएको हो । यस ऋणपत्रमा वार्षिक ब्याँजदर ९% रहेको छ ।

प्रकाशित मिति: Oct 3, 2023

प्रतिक्रिया दिनुहोस्