Logo
५ आश्विन २०८१, शनिबार
(October 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताए ।

उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना छ । यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ ।”

समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकारले आफूलाई केन्द्रीत गर्नुपर्ने बताए ।

उनले जनतालाई गरिबीबाट मुक्त गर्न कम्युनिष्ट पार्टी स्थापना भएको चर्चा गर्दै जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने बताउनुभयो ।

अध्यक्ष नेपालले रोजगारी, सुशासन र समृद्धिको नारासहित आफ्नो पार्टीले समाजवादी जागरण अभियान मेचीबाट महाकालीसम्म यात्रा सञ्चालन गरिरहेको बताए ।

पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने र जनअधिकार स्थापित गर्न सरकारलाई दबाब दिन बताए । उनले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने बताए ।

प्रकाशित मिति: Oct 3, 2023

प्रतिक्रिया दिनुहोस्