Logo
५ आश्विन २०८१, शनिबार
(October 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारीको नाममा नागरिकलाई सास्ती दिने काम अन्त्य हुनुपर्छ : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन् ।

आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले अहिले पनि विशिष्ट व्यक्तिहरूको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे । उनले सवारीलाई ठुलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिए ।

उनले सार्वजनिक यातायातको विकास नभइकन कुनै पनि देशमा जनताले सुख नपाउने बताए । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भए पनि नेपालले सार्वजनिक बसमा लगानी गर्न नसकेको भन्दै उनले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: Oct 1, 2023

प्रतिक्रिया दिनुहोस्