Logo
५ आश्विन २०८१, शनिबार
(September 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा छौँ: गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रिय स्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपलाई मुख्य प्रवाहमा ल्याएर ती क्षेत्रहरूलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले जनस्वास्थ्य पशु चिकित्सकहरूको भूमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुने पनि बताए । उनले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको पनि बताए । उनले नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

प्रकाशित मिति: Sep 29, 2023

प्रतिक्रिया दिनुहोस्