Logo
५ आश्विन २०८१, शनिबार
(September 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेखापरीक्षण गर्नेहरुको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए÷नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताए ।

उनले भने, ‘वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो । त्यसमा पनि बेरुजुको आधा हिंसा भन्दा बढी देशको अर्थतन्त्र र भौतिक पूर्वाधार मन्त्रालयय अन्तरर्गत हुने कारण महालेखापरीक्षकको दृष्टिकोणमा देशको ऐन कानून वा नेतृत्वको कारण छ । यस्ता कुराहरु आउनुपर्छ । बेरुजुसँग कोही न कोही जोडिनुपर्छ । कसको कार्यकालमा भएको हो जवाफदेही को हुनुपर्छ । महालेखा परीक्षकले देखाई दिएर मात्रै पुग्ने तर बेरुजुको जिम्मेवारहरु माथिल्लो निकायमा जानेर अर्कोले पनि बेरुजु थप्दै थप्दै जाने हो । हामीले अंक मात्रै देखाइदिने हो जवाफदेही बनाउन के कुराले रोक्यो । एक वर्षको बेरुजु अर्को वर्ष फस्स्र्यौट नभए को जिम्मेवारी हुने र के कुराबाट वञ्चित हुने हो भन्ने कुरा राम्रो हुन्छ । लेखापरीक्षण वित्तीय अनुशासन कायम गर्नको लागि गरिन्छ भन्छौं । लेखापरीक्षण गर्नेहरु नै कतिको वित्तीय अनुशासनमा छन् । लेखापरीक्षण गर्न जानेहरु रकम लिएर काम गर्ने कुराहरु आएका छन् । यो विषयमा पनि ध्यान पुग्न सक्नुपर्छ ।’

अध्यक्ष लिङदेनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिनु नहुने बताए ।

 

प्रकाशित मिति: Sep 26, 2023

प्रतिक्रिया दिनुहोस्