Logo
५ आश्विन २०८१, शनिबार
(September 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता

काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ई: का टाेलीहरुबीच वार्ता सुरु भएको हो ।

वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई उपस्थित छैनन् । महानगरले ई सँग वार्ता गर्न वार्ता टोली बनाएको थियाे ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् ।वार्तामा मेयर साह नआउने भएपछि अभियन्ता ई पनि वार्तामा नआएका हुन् ।

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् भने ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

आजै उपमेयर सुनिता डंगोलले अभियन्ता ई: लाई गएर भेटेकी थिइन् । भेटमा उनले ई ले उठाएका मागहरुप्रति महानगर संम्वेदनशील रहेकाे बताएकी थिइन् । यसअघि मेयर बालेन साहसँग अभियन्ताहरुले भेट्न खाेजेपनि समय नदिइएकाे आराेप ई :ले लगाएका थिए ।

प्रकाशित मिति: Sep 26, 2023

प्रतिक्रिया दिनुहोस्