Logo
५ आश्विन २०८१, शनिबार
(September 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैलाई सम्मान हुने गरी जिम्मेवारीको बाँडफाँट हुनुपर्छ : गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगरेको भन्दै अब ढिला गर्न नहुने बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता श्रेष्ठले सबैलाई सम्मान हुने गरी उपयुक्त जिम्मेवारीको बाँडफाँट हुनुपर्ने बताए ।

उनले भने, ‘बसेर बोलें, कसैले सुन्दैन । उठेर बोलें, ठाउँमा कुरा पुग्दैन । काम हुँदैन । आज–आज भन्दै बस्दा समस्या रहिरहन्छ । पार्टी बन्दैन । पार्टी बनाउने हो भने सबैलाई सम्मान हुने गरी जिम्मेवारीको बाँडफाँट हुनुपर्छ ।’

उनले पार्टीमा भोलि–भोलि भन्दै काम नगरेर सार्दै जाँदा पार्टीलाई नै क्षति हुने बताए । ‘वर्षौंदेखि भोलि–भोलि भन्दै काम नगरेर सार्दै जानु राम्रो होइन । अब जे जति काम छन्, सभापतिज्यू, फटाफट निर्णय गर्नुस् । बाँकी काम टुंगो लगाउनुस्,’ श्रेष्ठले भने, ‘पार्टी कोषाध्यक्षविहिन छ । यो कहिलेसम्म रिक्त राख्ने ?

कोषाध्यक्ष हुन धेरै जनाले धाइरहेको भएपनि एकजनालाई बनाइदिन उनको आग्रह छ । ‘जसलाई बनाएपनि काम अघि बढ्छ, पार्टी अघि बढ्छ,’ उनले भने ।

प्रकाशित मिति: Sep 25, 2023

प्रतिक्रिया दिनुहोस्