Logo
५ आश्विन २०८१, शनिबार
(September 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ काठमाडौँ महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएरअघि बढ्नुपर्ने बताएकी हुन् । उनले महिलाअघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उपप्रमुख डंगोलले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताइन् । उनले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताइन् । उनले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताइन् ।

उपप्रमुख डंगोलले पार्टीको महत्त्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन् ।

प्रकाशित मिति: Sep 22, 2023

प्रतिक्रिया दिनुहोस्