Logo
५ आश्विन २०८१, शनिबार
(September 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षकहरूसँग प्रहरीको ठेलमठेल, बानेश्वर तनावग्रस्त

शिक्षकहरूको जारी सडक आन्दोलनको क्रममा बानेश्वरमा तनाव भएको छ । माइतीघरबाट बानेश्वर मार्चपास आएका आन्दोलनकारी बानेश्वरको प्रहरी घेरा तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको छ ।

हजारौंको संख्यामा रहेका शिक्षकको हुलले प्रहरीको ब्यारिगेट तोड्न खोजेका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गरेको छ । शिक्षकहरू बानेश्वरको एभरेष्ट होटलअगाडिबाट प्रहरी घेरा तोड्न खोजिरहेका छन् ।

शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । आन्दोलनलाई मर्यादित र संयमित बनाउन श्रेष्ठले आग्रह गरेका थिए ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो ।

प्रकाशित मिति: Sep 21, 2023

प्रतिक्रिया दिनुहोस्