Logo
५ आश्विन २०८१, शनिबार
(September 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता यादवमाथिको हमलालाई सरकारले गम्भीर रुपमा लिएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि सुक्रबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आक्रमणकारीलाई प्रचलित कानुन अनुसार कारबाही अघि बढाएको पनि जानकारी गराएका छन् ।

उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

कांग्रेस नेता यादवमाथि गत भदौ २० गते नुवाकोटका श्यामबहादुर सापकोटाले भृकुटीमण्डपमा खुकुरी प्रहार गरेका थिए । त्यस घटना लगतै उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति: Sep 15, 2023

प्रतिक्रिया दिनुहोस्