Logo
५ आश्विन २०८१, शनिबार
(September 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन बरामद प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाढि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया सुरु भईसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा चीन भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘सुन तस्करी प्रकरणको अनुसन्धान सकेर सीआईबीले प्रतिवेदन बुझाइसकेको छ । उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाढि बढेको छ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाही गरिने पनि बताए । शान्ति सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

चीन भ्रमणका क्रममा कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग जुटाउनेबारे छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताए । कोभिडका कारण बन्द भएका नाका खुलाउन कुरा गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए ।

उक्त प्रकरणलाई लिएर एमालेले सदनमा एक महिनासम्म अवरोध गरेको थियो । एमालेको अवरोधपछि सरकारले असोज ५ गतेभित्रमा छानबिन समिति बनाउने प्रतिवद्धता गरेको छ ।

प्रकाशित मिति: Sep 15, 2023

प्रतिक्रिया दिनुहोस्