Logo
५ आश्विन २०८१, शनिबार
(September 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट चाहिँदैन : मेयर शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को प्रथम परिषद् बैठकमा उनले प्रतिनिधिहरूको सरसल्लाह र सहकार्यबाट धेरै काम गर्न सकिने बताए ।

उनले भने, ‘प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिँदैन । हामी प्रतिनिधिहरूले नै सल्लाह र सहकार्य गरेर गर्न सक्छौँ । बजेटको सन्दर्भमा पनि यो प्राधिकरण नभएर धेरै वटा प्रोजेक्टहरू आएका छन्, जसलाई हामीले लिन सकिरहेका छैनौँ ।’
उनले प्राविधिक रूपमा के के गर्न सकिन्छ भन्ने कुरा आगामी बैठकमा ल्याउने गरी प्रस्ताव पेश गरेका छन् ।

मेयर शाहले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले लिएको नीतिहरूलाई सरकारले विकेन्द्रित गर्न खोजेको तर त्यो सबै पालिकाले गर्न सक्ने बताएका छन् ।

प्रकाशित मिति: Sep 14, 2023

प्रतिक्रिया दिनुहोस्