Logo
५ आश्विन २०८१, शनिबार
(September 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा अगाडि बढाउन लिङ्देनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् । ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उनले अब राजसंस्थालाई अभिभावकीय भुमिका दिनेगरी अघि बढनुपर्ने बताए ।

बुधवार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हितकर हुने पनि दोहोर्याए । ‘तपाईहरुमा रतिभर पनि देशप्रति माया छ, जनताप्रति माया छ । र, सुध्रन चाहनुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन । रक्तपात वा कुनै पनि बिद्रोह नगरीकन सल्लाहबाट तपाईहरु हिँडेको बाटो सच्याउनुस्’, उनले भने, ‘तपाइँहरुले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि खासगरी दिल्लीको १२ बुँदे सम्झौताको जो भरिया बनेर आउनुभयो । त्यो सम्झौताको बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईहरुलाई पनि लागेको छ । त्यो बाटो लगत हो भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ । अब राजालाई कुनै न कुनै स्पेसको व्यवस्था गर्नुहोस् । त्यसकारण देशलाई दुर्घटनामा जानबाट जोगाउनका लागि नयाँ सम्झौता गरौं ।’

अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गरे । गाई, गोरु मार्छु भन्नेहरुलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खल्बल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उनको चेतावनी थियो । अध्यक्ष लिङदेनले गिद्ध समेत मार्न नपाईने कानून भएको देशमा गाई मार्छु भन्नेहरुलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले तीन ठूला दलले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउँदै त्यसको बिरोधमा आफूहरु उत्रनुपरेको बताए ।

 

प्रकाशित मिति: Sep 13, 2023

प्रतिक्रिया दिनुहोस्