Logo
६ आश्विन २०८१, आईतबार
(September 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य तोलाको १ लाख १२ हजार, चाँदीको कति ?

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 11, 2023

प्रतिक्रिया दिनुहोस्