Logo
९ मंसिर २०८१, आईतबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘एक भगवत् गीता’ले आजै सेन्सर सिफारिस पाउने

फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।

‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ र छैनौ पनि । बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त्याएका कारण सकभर मिलाएर लैजान केही समय अलमल भएको हो’, प्रवक्ता अधिकारीले भने– ‘दुबै पक्षको सहमतिबाट आज सेन्सर सिफरिस हुन्छ । सेन्सर सिफारिस हामीले रोक्न पनि मिल्दैन ।’

सेन्सर सिफरिसका लागि नामको अगाडि एक र बीचमा ड्यास समेत राखेर निर्माण युनिटले नाम सच्याएको बुढाथोकीको भनाइ छ । निर्माण टिमले फिल्मको नामको अगाडि एक र बीचमा ड्यास् राख्ने बताएपछि धार्मिक संघ संस्थाहरु फिल्म रिलिज गर्न दिने सहमतिमा जुटेको बताइन्छ ।

केही दिन अगाडि बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘भगवत गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग गर्दै बोर्डमा निवेदन दिएका थियो । धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस रोकेको थियो ।

आज आइतबार बोर्ड, निर्माण पक्ष र धार्मिक संघ–संस्थाले बोर्डमा नै संयुक्त पत्रकार सम्मेलन समेत गर्ने तयारी गरेका छन् । सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको मुख्य भूमिका रहेको छ । फिल्म २९ भदौ अर्थात अगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्