Logo
६ आश्विन २०८१, आईतबार
(September 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्य भने सस्तियो

नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रकाशित मिति: Sep 8, 2023

प्रतिक्रिया दिनुहोस्