Logo
६ आश्विन २०८१, आईतबार
(September 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारबाट सांघातिक आक्रमण

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् ।

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।
सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । भृकुटीमण्डपमा रिपोर्टर्स क्लवको कार्यक्रमबाट बाहिरिने क्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेको क्लबका सचिव ईश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: Sep 6, 2023

प्रतिक्रिया दिनुहोस्