Logo
६ आश्विन २०८१, आईतबार
(September 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले लुम्बिनी अधिवेशन : सहमतिमा नेतृत्वमा छान्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै प्रदेश नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको अधिवेशन अन्तरगत आइतबार बन्द सत्रमा बोल्दै ओलीले सकरभर सहमतिबाट नेतृत्व चयन गरिनुपर्ने धारणा राखे । शनिवार उद्घाटन सत्रमा पनि ओलीले सहमतिमै जोड दिएका थिए ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बन्द सत्रमा एउटा पद नहुँदैमा केही नबिग्रिने बताउँदै ओलीले नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे ।

‘नेतृत्वले पार्टी हित विपरीत केही पनि सोच्दैन। तपाईँहरू एकताबद्ध भएर जानुपर्छ’, उनले भने ।

उनले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै उनले सबै नेता कार्यकर्ता दृढतापूर्वक अघि बढ्न आग्रह गरे ।

अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’ प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए ।

अध्यक्ष ओलीले पार्टी भित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति: Sep 3, 2023

प्रतिक्रिया दिनुहोस्