Logo
६ आश्विन २०८१, आईतबार
(August 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिस्ट छन् : महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिष्टहरु रहेको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले एमसीसी जनताको हितमा नभएको दाबी गरेका हुन् ।

महासचिव विप्लवले दलाल पुँजीपतिले नेपाललाई गम्भीर मोडमा लगिरहेको बताए । उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

महासचिव विप्लवले कम्युनिस्ट पार्टीहरु समाजवादी मोर्चामा आउनुपर्ने बताएका हुन् । उनले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘हामी क्रान्तिकारीहरू त्यसविरुद्ध लड्न तयार छौँ । समाजवादी मोर्चा क्रान्तिको प्रतीक हो । नेपालमा सामन्तवादीहरुको चकचकी थियो । तर त्यो सामन्तवादलाई परास्त गरेका थियौँ ।’

महासचिव विप्लवले नेपालमा अर्को क्रान्तिको पुनः आवश्यक रहेको बताए । क्रान्ति पुरा गर्न समाजवादी मोर्चाको तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति: Aug 31, 2023

प्रतिक्रिया दिनुहोस्