Logo
६ आश्विन २०८१, आईतबार
(August 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् ।

बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन् ।

उनले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकबारे जानकारी दिँदै उनले भने, ‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने र समितिहरुलाई प्रभावकारी ढंगबाट काममा अगाडी बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो । खासगरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् । समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने र सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभुत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडी बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो । यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो ।’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए ।

उनले भने, ‘आर्थिक हिसावले अहिले पनि हामी कमजोर अवस्थामा छौँ । बजार चलायमान नभएको अवस्थामा छौँ । व्यापार घाटाको अवस्थामा छौँ । निर्यात कमजोरी छ । आयात वृद्धि भइरहेको अवस्था छ । रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था छ । यसबाट पार पाउनका लागि हामीले लिनुपर्ने निर्णयहरु र दशवटै समितिले खेल्नुपर्ने आ–आफ्नो भुमिकाहरु हामीले एकदमै आफूलाई देशको लागि साक्षि राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडै भन्दा चाँडै सही ढंगले काम थाल्नुप¥यो । सहि ढंगले निर्णय गर्नुप¥यो । निर्णय गर्ने मात्रै होइन निर्णयलाई लागू पनि गर्नुप¥यो । भन्ने विषयमा आज निर्देशनहरु छलफलहरु भए ।’

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन् ।

प्रकाशित मिति: Aug 30, 2023

प्रतिक्रिया दिनुहोस्